दफा २२
दशी प्रमाण
(१) अनुसन्धानको सिलसिलामा घटनास्थलमा भेटिएको निशान, छाप, चिन्ह, दाग वा पीडित वा अभियुक्तको पहिचान खुल्ने अन्य कुरा प्रमाणमा लिन हुन्छ।
(२) साक्षीले अदालतमा उपस्थित भई सनाखत गरेको मुद्दासँग सम्बन्धित जुनसुकै वस्तु दशीको रुपमा प्रमाणमा लिन हुन्छ।